Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

अलपत्र अवस्थामा ३१ लाखको आयुर्वेदिक औषधि सहित ८ जना पक्राउ

अलपत्र अवस्थामा ३१ लाखको आयुर्वेदिक औषधि सहित ८ जना पक्राउ

  •  चितवन । भारतबाट भन्सार छली ल्याएको ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबरको आयुर्वेदिक औषधिसहित ८ जना चितवनमा पक्राउ परेका छन् । भारतबाट पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त रकम बराबरको रकम सहित उनीहरू पक्राउ परेका हुन् ।

    images
    images
    images

     बगही खोलाको झाडीमा बेवारिसे अवस्थामा औषधि रहेको भन्ने सुचनाको आधारमा ईप्रका माडीबाट खटिएको टोलीले ‘ओरिएन्सस्ट्रोङ लाइभ’ लेखिएको औषधि ५३ बट्टा, ‘प्यन्याक्स जिनसेङ’ लेखिएको औषधि ३० बट्टा, ’रेइशी गानोडेर्मा’ लेखिएको औषधि ९८ बट्टा, ‘डायकेयर’ लेखिएको औषधि ९८ बट्टा, ’गार्लिक’ लेखिएको औषधि ६० बट्टा, ’अर्थोबेस्ट’ लेखिएको औषधि ९१ बट्टा र ’फ्रुट फिभर’ लेखिएको औषधि १४ बट्टा बरामद गरेको हो ।

    images

    पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका ४ का २८ वर्षीय राजकुमार महतो, माडी नगरपालिका ३ बघौडाका २२ वर्षीया बालकृष्ण महतो, २२ वर्षीय मिलन महतो, कालिका ३ का ३१ वर्षीय हरिशरण चौधरी, मकवानपुरको गढी गाउँपालिका ८ का २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका ३ का प्रकाश दाहाल, हेटौंडा उपमहानगरपालिका ५ का २५ वर्षीय उज्वल पोख्रेल र हेटौंडा २३ का २३ वर्षीय विपिन सापकोटा रहेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय, चितवनमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij