
Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौं । हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर गाडी दुर्घटना भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् ।
दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडी भिरबाट करिब डेढसय मिटरतल खसेको प्रहरीले बताएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij