Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सांसदको धम्कीमा निडर हुँदै इन्स्पेक्टरले भने, ‘म श्याम थापा मगर, बैदाममा कार्यरत छु’

सांसदको धम्कीमा निडर हुँदै इन्स्पेक्टरले भने, ‘म श्याम थापा मगर, बैदाममा कार्यरत छु’

  • सांसद श्रेष्ठले औंला देखाउँदै भन्छन्, ‘तपाईंको हिसाबकिताब हुन्छ के।’ इन्स्पेक्टर जवाफ दिन्छन्, ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु ।’

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । प्रहरीलाई धम्काएको एउटा भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन भएको देखिन्छ ।

    AGNI GROUP

    सांसद श्रेष्ठले ‘केपी सिस्टम छ, यति तानाशाह छ’ भन्दै प्रहरी इन्स्पेक्टरतिर फर्कन्छन् र चोरी औंला देखाउँदै भन्छन्, ‘तपाईंको हिसाबकिताब हुन्छ के।’ उनले हिसाबकिताब हुन्छ भनेपछि इन्स्पेक्टर जवाफ दिन्छन्, ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु ।’

    त्यसपछि इन्स्पेक्टरलाई सांसद श्रेष्ठले फेरि भन्छन्, ‘फुर्ति नछाटम् ।’ 'फुर्ति छाँटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि', छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, ‘श्याम थापा मगर है ।’

    प्रस्तुत संवाद भएको भिडिओ शनिबार पोखरास्थित प्रदेश प्रमुखको निवासअगाडि खिचिएको हो । 

    भिडिओ

    https://fb.watch/65GVYpiui_/

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij