Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

अन्ततः आरोप पखालेर जुट्यो चिरीबाबुको हुल

अन्ततः आरोप पखालेर जुट्यो चिरीबाबुको हुल

  • सहमतिपत्रमा कार्यपालिका बैठकमा सबैसँग समन्वय र सहकार्य गरी अघि बढ्ने, विभिन्न समयमा राखेका ध्यानाकर्षण, ज्ञापन र असहमतिका कामबारे आउँदो २३ गते टुङ्ग्याउने र कार्यपालिका बैठक नियमित रुपमा राख्दै जाने उल्लेख गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सबै सदस्यसँग छलफल गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । मेयर महर्जनले कार्यपालिकाको बैठक छलेर एकलौटी रुपमा आफ्नो निर्णय गर्ने गरेको आरोप लागेको थियो ।

    AGNI GROUP

    ललितपुर महानगरपालिकामा यही असार १० गतेअघि बढेको छैठौं नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा सदस्यहरुले नगरसभा बहिष्कार गरेको थियो । त्यसपछि बढेको विवाद र मटमुटावपछि गत बुधबार समझदारीपत्रमा हस्ताक्षर गरी अब मिलेर अघि बढ्ने जानकारी गराएका हुन् । सो सहमतिपत्रमा प्रमुख महर्जनका साथै नेकपा एमालेका तर्फबाट निर्वाचित कार्यपालिका सदस्यको प्रतिनिधित्व गरी नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन र नेकपा (माओवादी केन्द्र) का तर्फबाट वडा नं २१ खोकनाका वडाध्यक्ष रविन्द्र महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

    chiribabu letter.jpg


    सहमतिपत्रमा कार्यपालिका बैठकमा सबैसँग समन्वय र सहकार्य गरी अघि बढ्ने, विभिन्न समयमा राखेका ध्यानाकर्षण, ज्ञापन र असहमतिका कामबारे आउँदो २३ गते टुङ्ग्याउने र कार्यपालिका बैठक नियमित रुपमा राख्दै जाने उल्लेख गरिएको छ ।

    के थियो मेयरमाथिको आरोप ?

    प्रमुख महर्जनमाथि बोर्डमा निर्णय नगरी दरबन्दी नै नभएको वरिष्ठ नगर प्रहरी निरीक्षक भर्ती र नगर प्रहरीको पोसाक परिवर्तन, मनोमानी रुपमा बोलपत्र आह्वान, चिडियाखाना अनि धुर्मुस सुन्तली फाउन्डेशनलाई एकलौटी निर्णयका आधारमा आर्थिक बाँडफाँट, आफ्नै निर्णयका आधारमा मात्रै कारोनाबाट मृत्यु भएका परिवारलाई गर्ने भनिएको रकम सहयोग, सम्पदा क्षेत्रको काम गर्न दरभाउ निर्धारण नगरी त्यसै अघि बढेकोलगायतका आरोप लगाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij