Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सुजिताको अन्तिम बोली ‘मलाई बचाऊ, मलाई बचाऊ'

सुजिताको अन्तिम बोली ‘मलाई बचाऊ, मलाई बचाऊ'

  • काठमाडौं । राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन् । शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन् । आफूलाई सम्हाल्नै सकेकी छैनन् । आफन्त र छिमेकी आउँछन्, सान्त्वना दिन्छन् । उनीहरू आँखाभरि आँसु बनाउँछन् ।

    onlinepatrika
    Arghakhachi

    अम्बिकाले हराएकी छोरीको पिरलो भएपनि फेला पर्लिन् भनेर चित्त बुझाउँदै बसेकी थिइन् । तर, २३ वर्षीया छोरी सुजिता आइतबार मृत फेला परेको खबर पाएपछि उनी आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुगेकी छन् । छोरी सम्झिँदै छाती पिट्दै रुन्छिन् । ‘मलाई बचाऊ ! मलाई बचाऊ ! भनेर छोरीले रुँदै फोन गरेकी थिई। हामीले बचाउन सकेनौं’, उनले रुँदै भनिन्, ‘अपराधीले त्यस्तो कुनामा लगेर तड्पाई–तड्पाई मार्यो ।’

    AGNI GROUP

    ब्रह्मस्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका एक स्थानीयले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

    ‘टाउकोमा कुटेर आँखामा पट्टी बाँधेछ । पछि कहाँ गएर आँखा खुल्यो ? कसरी फोन गर्न भ्याई ?’, अम्बिकाले घटनाको विवरण सुनाइन्, ‘कसरी हुन्छ अपराधी पत्ता लगाइदिनुस् । मेरी छोरी फर्केर त आउदिन तर अपराधीलाई कारबाही हुनै पर्छ ।’ समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij