Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बग्गीखाना पसेर मोटरसाइकल धनीहरु मुसुक्क

बग्गीखाना पसेर मोटरसाइकल धनीहरु मुसुक्क

  • उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एव नियन्त्रण गर्न खटिएको विशेष अपरेसन टोलीले जारी निषेधाज्ञाको समयमा समेत सक्रियतापुर्वक परिचालन भई चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाईकल आज सम्बन्धितलाई हस्तान्तरण गरिएको छ । महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले मोटरसाइकल धनीलाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाईकल र १० वटा स्कुटर रहेका छन् ।

    AGNI GROUP

    उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एव नियन्त्रण गर्न खटिएको विशेष अपरेसन टोलीले जारी निषेधाज्ञाको समयमा समेत सक्रियतापुर्वक परिचालन भई चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

    traffice1.jpg

    कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले बिशेष सूचना संकलनगरि उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागी विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्कगरि बुझाउने गरेको बताउनुभयो ।

    यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी वृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij