Jun 21 2026 | २०८३, असार ७ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा सञ्चालन भईरहेको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने भएका छन् । आज काठमाडौंमा सञ्चालन भईरहेको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका हुन् ।
प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आज देशका विभिन्न स्थानहरूमा दिइँदैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij