Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री बनाई प्रकाशन प्रसारण नगर्न तथा नगराउन प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले आग्रह गरेको छ ।
पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल ट्विटर, फेसबुक लगायतमा व्यक्तिहरुको फेक आइडी बनाई नाम, तस्बिर, भिडियो दुरुपयोग गर्दै फोटोसप, मल्टिलेट गरी प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध सामग्री, कसैप्रति घृणा वा द्धेष फैलाउने उद्देश्यवाट प्रकासन, प्रसारण गरेको पाइएको हुँदा त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुन बमोजिम ब्यूरोबाट कारबाही हुदै आएको समेत ब्यूरोले स्मरण गराएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij