Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । 'जापान पठाइदिन्छु' भन्दै नगद ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीकी शुभद्रा परियार, ईलाम सूर्योदय नगरपालिका-४ श्रीअन्तु घर भएकी पुजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चे घर भएका राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका-७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।
सामाजिक संजाल फेसबुकमा “टानाकायोका” को नामबाट फेसबुक प्रयोग गरी आफु 'जापानको ‘इमिग्रेसन’ मा काम गर्ने जापानको नागरिक हो' भन्दै पीडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनुपर्छ भनि प्रलोभनमा पारी उक्त नगद विभिन्न बैंक खातामा डिपोजिट गर्ने लगाई जापान नपठाई सम्पर्कविहीन भएको ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij