Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

प्रहरीसँग बार्गेनिङ कुनामा, बल्ल दुई पत्रकार थुनामा !

प्रहरीसँग बार्गेनिङ कुनामा, बल्ल दुई पत्रकार थुनामा !

  • अनलाइन समाचार साइटका सञ्चालक र संवाददातालाई प्रहरीसँग ब्ल्याकमेलिङ गर्न खोजेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । प्रहरीसँग बार्गेनिङ गरेर रकम असुल गर्न खोज्ने अनलाइन साइटका सञ्चालकसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । सीमा क्षेत्रमा आफूलाई एबीपी क्राइम न्युजको संवाददाताका रूपमा चिनाउने राजन वैश्यलाई प्रहरीसँग एक लाख ६० हजार रुपैयाँ माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

    AGNI GROUP

    वैश्यले सीमा क्षेत्रमा कार्यरत प्रहरीलाई नेपालगञ्जस्थित होटलमा बोलाएर सर्वसाधारणसँग पैसा लिइरहेको भिडियो आफूसँग रहेको भन्दै एक लाख ६० हजार रुपियाँ माग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

    वैश्यले सीमा क्षेत्रमा कार्यरत प्रहरीलाई ब्ल्याकमेलिङ गर्न खोजेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले अनलाइन समाचार साइटका सञ्चालक आशिष मल्ललाई समेत पक्राउ गरेको छ । गोरखापत्र

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij