Jun 21 2026 | २०८३, असार ७ गते
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशीराज दाहालले समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी काट्ने चेतावनी दिएका छन् । अलपत्र अवस्थामा छोडेका तथा बाढी पहिरोका कारण क्षति पुगेका योजनाको अनुगमनका क्रममा निस्किएका सिडिओ दाहालले उक्त चेतावनी दिएका हुन् ।
उनले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 'ठेकेदार, त्यो योजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनियरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएको छुु,' उनले भने, 'समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी जारी गरेर कानुन अनुसार अगाडि बढ्छु ।'
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij