Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा प्रलोभनमा नपर्ने ३३ जना ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले पुरस्कृत एवं खादा ओढाएर सम्मान गरेका हुन् । एसएसपी भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उचाईमा पुर्याउन जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त्त गरे ।
नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकृष्ण देवकोटा, प्रहरी नायब निरीक्षक (सई) पुरुषोत्तम ढकाल, प्रहरी सहायक निरिक्षक (असई) हरू रामेश्वर उप्रेती, अमर बहादुर लुहार र कमलदेव यादव रहेका छन् ।
त्यस्तै प्रहरी हवल्दारहरू प्रविण कान्त झा, अशोक कुमार दवल, मुकेश प्रसाद कुसवाह, एक्क बहादुर रोकाया गोविन्द सिंह सिख, शिव नारायण चौधरी, द्रोण प्रसाद पाण्डे र शम्भु नारायण प्रसाद यादव रहेका छन् । साथै प्रहरी जवानहरु रमेश गिरी, राजेन्द्र चमार हरिजन, मेखराज जोशी, गणेश भारती, बिरेन्द्र सिंह भाट, नविन भाट, कृष्ण बहादुर शाही, आकाश खनाल, नन्दराज भट्ट, सुजन श्रेष्ठ, नर बहादुर बोगटी, विनोद गिरी, गणेश ओझा, केशव बिष्ट, अभिनाश पण्डित, बिष्णु अर्याल, अजय मण्डल, विजय सिंह ऐर, युवराज कटुवाल र टेक बहादुर भण्डारी रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij