Jun 21 2026 | २०८३, असार ७ गते
प्रहरी स्रोतका अनुसार जुवाखालबाट पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवानेता र पत्रकारसमेत छन् ।
भक्तपुर । प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले पुरीका घरमा छापा मार्दा जुवातास खेलिरहेका अवस्थामा नगद रु १२ लाख ४३ हजार ७८० सहित १५ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा मणिराम पुरी, सुशील खत्री, चन्द्रशेखर खत्री, नवराज खत्री, राजन कार्की, चिरञ्जीवी फुँयाल, जनक खत्री, जीवन श्रेष्ठ, परमेश्र थापा, प्रेमकुमार विक, सरोज भण्डारी, विनोद तिमिल्सिना, विकास लामा, रुपेश न्याजु र रामु भण्डारी छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवानेता र पत्रकारसमेत छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij