Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले 'अवैध पार्किङ' लाई हटाएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुना कार्यालय नजिकै सशुल्क गरिएको पार्किङलाई हटाएको हो । ट्राफिक प्रहरी परिसरका प्रमुख इन्स्पेक्टर नरेश शाहीले पैसा उठाएको जनगुनासो बढेपछि पार्किङ हटाएको स्विकार गरेका छन् ।
'सेवाग्राहीको पीडालाई बुझ्नु हाम्रो दायित्व हो ।' इन्स्पेक्टर शाहीले भने, ‘नियमविपरित शुल्क उठाएको गुनासो आएपछि यस्तो एक्शन लिइएको हो ।’ यसैबीच, यातायात व्यवस्था कार्यालयले भने आफ्नै कार्यालय नजिकै शुल्क उठाएर पार्किङ गराएको विषयमा कुनै जानकारी नभएको जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर र ललितपुर महानगरपालिकाको समन्वयमा 'अवैध पार्किङ' लाई क्लियर गरिएको बताइएको छ । महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले अव्यवस्थित पार्किङको सम्बन्धमा ठाउँठाउँमा छड्के जाँच गरेर व्यवस्थित गराउँदै आएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij