Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

संवैधानिक व्यवस्था अनुसार नागरिकता नपाउँदा समस्या

संवैधानिक व्यवस्था अनुसार नागरिकता नपाउँदा समस्या

  • ललितपुर ।  संविधानअनुसार नागरिकता पाउनयोग्य नागरिकका लागि समयमै  कानुनको तर्जुमा नहुँदा नागरिकताविहीनका परिवारमा पनि समस्या बढ्न थालेको छ। धनुषा जिल्लास्थित गणेशमान सारनाथ नगरपालिका–३ का इन्द्रजित साफी संविधान बनेको एक वर्षमै बनाइसक्नुपर्ने कानुन छ वर्षसम्म पनि नबनाइदिँदा आफूजस्ता थुप्रै नागरिकताविहीन बन्नुपरेको बताउँछन्। महिला, कानुन र विकास मञ्चले आज जुम प्रविधिबाट नागरिकता समस्याका विषयमा सञ्चारकर्मीसँग आयोजित छलफल कार्यक्रममा उनले अब आन्दोलनमा उत्रनुको विकल्प नभएको गुनासो गर्छन्। 

    onlinepatrika
    Arghakhachi

    पीडित साफीले यस मञ्चले कुरा उठाए पनि उपलब्धि हुन नसकेकाले नागरिकताविहीन राजधानीमा जम्मा भएर विरोध कार्यक्रम आयोजना गर्नुपर्ने  बाध्यता आएको बताउँछन्। नागरिकता नभएकाले इञ्जिनियर पढेर पनि काम पाउन नसकेको उनीजस्ता अन्य युवाको पनि गुनासो छ।  

    AGNI GROUP

    नागरिकता नभएकाले नेपालमा उच्च शिक्षा अध्ययन गर्न नपाई भारतमा पढ्न जाँदा दुईपटक समातिएर थुनिएको र कलेजको प्रमाण पत्र देखाए पछि मत्र छुटेको पीडा साफीसँग छ। साफीका चार भाइले १२ कक्षासम्मको अध्ययन गरेका छन्। बहिनीले स्नातक अध्ययन गर्दैछिन् तर नागरिकता नभएकैले कसैले पनि सामान्य रोजगारीसमेत पाउन सकेका छैनन्।

    नागरिकता नपाएकैले बेरोजगारीका कारण परिवारका सबै सदस्य मानसिक तनावमा रहेको साफीको भनाइ छ। उनले नागरिकताका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको दुई वर्ष भयो, पेसीमा मात्र राखेर सुनुवाइ नहुँदा परिवार समस्यामा परेको छ। बैंक खाता, व्यवसाय दर्तालगायत कामका लागि पनि नागरिकता चाहिन्छ। नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाका कासिम अन्सारीको समस्या पनि उस्तै छ।

    नागरिकता नभएकैले पढ्न र काम पाउनसमेत नसकेको दुःखेसो उनी पोख्छन्। उक्त गाउँपालिकामा नागरिकता नभएका धेरै रहेको उनी सुनाउँछन्। विराटनगर महानगरपालिकाका अजय पोद्दारको नागरिकता बनिसकेको थियो। नागरिकता दिनुअघि कर्मचारीले १० हजार रुपैयाँ मागे। आफ्नो देशको नागरिकता लिन किन पैसा तिर्ने भन्ने प्रश्न कर्मचारीसँग गरेकै कारण कागज मिलेन भन्दै उनलाई नागरिकता दिन झुलाइएको रहेछ।  

    नागरिकता नभएकैले आफूले पाएको कामबाट हट्नु परेको पीडा पोद्दार सुनाउँछन्। नवलपरासीको कावासोती निवासी परिचय खुलाउन नचाहने एक महिलालाई वडा कार्यालयले नागरिकता चाहिने भए विवाह गर भनी सुझाइयो। अहिले नै विवाह गर्न नचाहने उनी नागरिकता पाउनकै लागि विवाह गर भन्ने स्थानीय सरकारका प्रतिनिधिप्रति अहिले पनि आक्रोश पोख्छिन्। 

    मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ संविधानअनुसार नागरिक भएकालाई पनि कानुनले रोकेकाले समस्या बढ्दै गएको बताउँछन्। संविधानको भावनानुसारको कानुन पारित गरेर समस्या समाधान गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई पटक(पटक आग्रह गरिएको पनि उनी जानकारी गराउँछन्। विसं २०६८ को जनगणना र गृह मन्त्रालयले वार्षिकरूपमा वितरण गर्ने गरेको नागरिकताको प्रतिलिपिको तुलनात्मक रूपमा अध्ययन गर्दा वार्षिक साढे दुई लाखले नागरिकता नपाउने गरेको तथ्यांक निस्कने गरेको अधिवक्तासमेत रहेका निर्देशक श्रेष्ठ बताउँछन्। मन्त्रालयले तीन लाख ७० हजार जनालाई वार्षिकरूपमा नागरिकता बाँड्ने गरेको छ। प्रत्येक वर्ष १६ वर्ष उमेर पुग्ने साढे छ लाख जनसंख्या देखिन्छ तर  संसदको असफलताले नागरिकताको  कानुन पारित हुन नसकेको उनको भनाइ छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij