Jun 21 2026 | २०८३, असार ७ गते
काठमाण्डौँ । मास्टरशेफ यूकेको प्रतिस्पर्धामा नेपाली खाना पकाएर निकै प्रशंसा बटुलेका सन्तोष शाह सो प्रतिस्पर्धामा पुनः सहभागी हुन लागेका छन् ।
’रिम्याच’ भनिने उक्त विधामा मास्टरशेफ यूकेका अन्तिम चार प्रतिस्पर्धीले भाग लिन पाउने बताइन्छ । उनी गत वर्षका उपविजेता हुन् ।
नेपालको सिराहा जिल्लामा पर्ने तत्कालीन कर्जन्हा गाउँमा जन्मेका शाहले गत वर्ष नेपाल आएर विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाहरूको अध्ययन गरेर ’आयला’ नामको पुस्तक समेत प्रकाशन गरेका छन्।
नयाँ नेपाली खानासहित प्रतिस्पर्धामा सहभागी हुने बताउँदै उनले विजेता बन्ने लक्ष्य लिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij