Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि महासचिव पौडेलले सामूहिक राजीनामाको प्रस्ताव अघि सारेका छन्।
पार्टीभित्रको विवादले पार्टीको काम नभएको भन्दै सचिवालयको सबै सदस्यले सामूहिक राजीनामा दिने प्रस्ताव गरेको छन्।
हामीले पार्टीभित्रको विवादको कारणले काम गर्न सकेनौँ हामी असफल भइसक्यौँ महासचिव पौडेलको भनाइलाई उदृत गर्दै स्रोतले भन्यो,अब हामीले सामूहिक राजीनामा दिएर नयाँ पुस्तालाई अघि सारौँ।
यसअघिको विवादमा पनि महासचिव पौडेलले पार्टीभित्रको विवाद समाधान गर्नका लागि पुलको काम गरेका थिए।
मंसिर १८ गते तोकिएको स्थायी कमिटीको बैठकमा अहिलको सचिवालय विघटन गरेर नयाँ पुस्तालाई अवसर दिनुपर्ने उनेको तर्क छ।
सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij