Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

राष्ट्रिय क्रिकेटः बाग्मती प्रदेश विजयी

राष्ट्रिय क्रिकेटः बाग्मती प्रदेश विजयी

  • काठमाडौँ । उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ । 

    images
    images
    images

    मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य बाग्मतीले १९ दशमलब ५ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो ।  यससँगै पाँच खेलमध्ये बाग्मतीले दुई खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । 

    त्यस्तै, पाँच खेलमध्ये चार खेलमा पराजय भोगेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ । बाग्मतीलाई जित दिलाउन विवेक मगरले सर्वाधिक १८ रनको योगदान दिए भने क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका अनुज चानाराले सर्वाधिक ५ विकेट लिए भने प्रकाश जैसी, सुवास ऐयर र युनिस सिंहले समान एक–एक विकेट हात पारे । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको कर्णाली २७ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । कर्णालीका लागि कप्तान निश्चल रावलले सर्वाधिक १५ रन जोड्दा सन्दीप शाही १४, विपीन रावल १२ तथा रुपक दाहाल १० रनमा आउट भए । 

    बाग्मतीका गौतम केसी एक्लैले चार विकेट हात पारे । विशाल यादवले ३, क्रिस कार्कीले २ र विपुल खनालले १ विकेट लिए । कर्णालीले आफ्नो अन्तिम खेल बिहीबार मूलपानीमा प्रदेश २ सँग खेल्नेछ भने बाग्मतीले शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमसँग खेल्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij