Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

 महोत्तरीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

 महोत्तरीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

  •  

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP


    महोत्तरी । सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने  शनि नेपाली लागूऔषधसहित पक्राउ परेकाे छ । 

    भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा पक्राउ परेकाे हाे । किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको लागूऔषध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

    बालकको साथबाट चार पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्याब्लेट बरामद भएको छ। बालकलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij