Jun 21 2026 | २०८३, असार ७ गते
सप्तरी । चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका- ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ। गाउँको नेताहरूसँग उनी चितवन गएका थिए।
भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ।
महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए।
दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले विरोध गरेपछि रोकियो,’ उनका छिमेकीले भने ।
पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।
वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij