Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

रूकुममा ट्याक्टर दुर्घटना

रूकुममा ट्याक्टर दुर्घटना

  • काठमाडाैँ । रूकुम पश्चिमको आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा  श्रीमानको मृत्यु र श्रीमती गम्भीर घाइते  भएकी छन्। 

    onlinepatrika
    Arghakhachi

    आठबिसकोट नगरपालिकाको वडा नं- ७ मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय चालक २५ वर्षीय करण नेपालीको घटनास्थलमै मृत्यु भएको छ। 
    जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कपिलजंग शाहले दुर्घटनामा परी  श्रीमती १९ वर्षीया सपना नेपाली गम्भीर घाइते रहेको बताए।

    AGNI GROUP

    औलबाट आठबिसकोटको राडी बजारतर्फ जाँदै गरेको रा १ प ४४१२ नम्बरको खाली ट्याक्टर सडकमै दुर्घटना परेको प्रहरीले  जनाएको छ। घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार जारी छ। दुर्घटनाको कारण भने खुल्न नसकेको पनि प्रहरीले बताएको छ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij