Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने भएको छ । काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार ज्येष्ठ नागरिकबारे आमसञ्चार माध्यममा सम्मानजनक भाषा प्रयोग र एकरूपता कायम गर्न निर्देशिका बनाउन लागिएको हो ।
ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको भन्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने निर्णय गरेको काउन्सिल प्रवक्ता दीपक खनालले जानकारी दिए ।
उनका अनुसार निर्देशिका निर्माणका लागि काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदल बनाइएको छ । जसले एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्नेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij