Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने 

अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने 

  • काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    यसका लागि आवश्यक  खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउनेसमेत जानकारी गराएको हो । 

    AGNI GROUP

    मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए ।  
    ‘अहिले पनि करिव दुई लाख जनाका हाराहारीमा खोप लगाइरहेका छौँ’, उनले भने,‘खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाकन फर्काएका छैनाँै । खोपकेन्द्रमा आएका छन् सबैलाई खोप लगाएका छौँ ।’ 

    उनका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पु¥याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘हामीसँग प्रसस्त्र मात्रामा खोप रहेको छ । अहिले पनि नियमित खोप आइरहेका छन् ।’ सहप्रवक्ता डा.अधिकारीले भने, ‘खोप लगाउन कोही पनि नछुटुन् भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्नसम्बन्धी जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौँ ।’ 

    उनले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पु¥याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए र उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ । 

    अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कुल जनसङ्ख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८।४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 

    सरकारले पुस मसान्तभित्र कुल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ । हिजो मात्र मङ्सिर १७ गते एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएका थिए । 

    यस्तै, मङ्सिर १० गते  एक लाख ९६ हजार ८५३ जनाले मङ्सिर ११ गते एक लाख १५ हजार ४३४, मङ्सिर १२ गते एक लाख २७ हजार ६११ जनाले, मङ्सिर १३ गते एक लाख ४४ हजार ५३४ जनाले, मङ्सिर १४ गते  दुई लाख ११ हजार ५५३ जनाले, मङ्सिर १५ गते दुई लाख २७ हजार ५८४ जनाले र मङ्सिर १६ गते एक लाख ४१ हजार ५५७ जनाले खोप लगाइसकेका छन् । 

    काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयले नौ वटा खोप केन्द्रबाट खोप वितरण गरेको छ । कार्यालयका प्रमुख शम्भु काफ्लेका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल, बल्खुको वयोधा अस्पताल, नयाँ बसपार्कको लोत्से भवन र कोटेश्वरको जडीबुटीबाट नियमित खोप वितरण गरिरहेको छ । ती केन्द्रबाट दैनिक दुई हजार ५०० जनाले खोप लगाइरहेका छन् ।  

    उनले १८ वर्ष भन्दामाथिका व्यक्तिलाई खोप अभाव नभएको र जुनुसुकै बेला पनि ती खोप केन्द्रमा खोप लगाउन पाइने बताए । उनले नगरपालिकाले आवश्यकताअनुसार खोप प्रदान गरिरहेको जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij