Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

  ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी भिड्ने: दशरथ रंगशालामा

  ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी भिड्ने: दशरथ रंगशालामा

  • काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको एक मात्र खेल हुनेछ । दशरथ रंगशालामा  ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

    images
    images
    images

     जारी लिगमा सुरुका दुई खेलबाट ४ अंक जोडेको ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । उता आर्मी भने पहिलो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा बलिया टोलीहरु मच्छिन्द्र र पुलिस क्लबसँग बराबरी खेलेको आर्मी क्लबको २ अंक मात्रै छ ।
    लिगमा तीन खेलबाट ७–७ अंक जोडेका सातदोवाटो युथ क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानको संकटा क्लबको ५ अंक छ । पुछारमा रहेका एपिएफ र जावलाखेल युथ क्लबले अंक जोड्न सकेका छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij