Jun 21 2026 | २०८३, असार ७ गते
बाजुरा । बाजुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। आइतबार साँझ बडिमालिका नगरपालिका–८ मा थुवाकाँधमा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनापछि अटो चालक फरार छन्। मृतक दुबैको सनाखत हुन सकेको छैन। सदरमुकाम मार्तडीबाट जडाङगा जाँदै गरेको अटो बूढीगङ्गा नदीको किनारामा खस्दा दुर्घटना भएको हो। तीव्र गतिको कारण अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij