Jun 21 2026 | २०८३, असार ७ गते
पर्वत । पर्वतको कुश्मा नगरपालिका-६ साझा चोक घर भएका ८४ वर्षीय गोपाल गिरी दलित समुदायको घरमा पूजापाठ गर्दै आएका छन् ।
छुतअछुतको कुरा कहीं नलेखिएको तर केही टाठाबाठा ब्राह्मणले अर्कालाई नीच देखाएर आफूलाई ठूलो देखाउन हिन्दू धर्मभित्र गलत परम्पराको सुरुवात गरेको गिरीको भनाइ छ ।
मान्छेले मान्छेलाई भेद्भाव गर्न हुन्न भन्ने चेतना युवा अवस्थामै जागृत भए पनि उनले दलित समुदायको घरमा पुगेर पूजा गर्न सुरु गरेको तीन दशक भयो । ‘धर्मले यो सानो यो ठूलो, यसलाई भेद गर भनेको छैन, केही मान्छेलाई आफूखुसी यो प्रथाको सुरु गराएका हुन्, एउटै हिन्दू धर्ममा बाँधिएका हामी सबै एकै हौं, फरक धर्म नै माने पनि मान्छे त सबै एकै हुन्,’ पण्डित गिरीले भने, ‘मैले युवा अवस्थाबाट जातका नाममा भेद्भाव गर्नुहुँदैन भन्दै आएको छु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij