Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । भक्तपुरको बालकोटमा अज्ञात समूहको कुटपिटबाट एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका-२ बालकोट बसिटोल नजिकै खाली जग्गामा मंगलबार राति स्थानीय ३३ वर्षीय राजन श्रेष्ठ मरणासन्न अवस्थामा भेटिएका थिए।
मध्यपुर थिमि अस्पतालमा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका निमित्ता प्रवक्ता लोकबहादुर जिसीले जानकारी दिए। उनका अनुसार श्रेष्ठको टाउकोमा गहिरो चोट लागेको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई लाख रुपैयाँ लेनदेनको विषयमा भनाभन हुँदा घटना भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij