Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा४प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएलगतै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए ।
ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकारात्मक तस्बिर
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij