Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा कुनै हालतमा नफुट्ने बताएका छन् ।प्रेस सङ्गठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोहमा उनले पार्टीमा उत्पन्न विवाद मत्थर भएको जानकारी दिए ।
‘‘नेकपाको स्वास्थ्य आज बिहानसम्म राम्रो थिएन, १०४ डिग्रीको हनहनी ज्वरो आएको अवस्था थियो, अहिले पार्टीको विवाद समाधान उन्मुख भएको छ”, उनले भने, “यो ज्वरो सिजनल फ्लु मात्र हो कोरोना लागेको होइन, मौसम परिवर्तनसँगै देखापर्छ र आजदेखि मत्थर भइसकेको छ ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij