Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

  • काठमाडौँ । मकवानपुरमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  हेटौंडा उपमहानगरपालिका–८ कमाने फारलाइनमा घाइते अवस्थामा भेटिएका स्थानीय अन्दाजी ४० वर्षीय शक्ति वाइवाको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    घाइते अवस्थामा भेटिएका वाइवालाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याएको थियो ।वाइवाको उपचारको क्रममा ज्यान गएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।

    AGNI GROUP

    घटनालगत्तै मकवानपुर प्रहरीले अनुसन्धान गर्दा मृतक ना ७ त १२९५ नम्बरको ट्र्याक्टरमा ज्यामी काम गर्ने र सोही ट्र्याक्टरबाट खसेको पाइएको छ ।


    प्रहरीले ट्र्याक्टर र चालक हेटौंडा ८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij