Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडाैँ । अध्यागमन विभगले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित गरेको छ ।
विभागले आज एक सूचना जारी गरी अर्को सूचना नआएसम्म उक्त व्यवस्था स्थगन भएको जनाएको हो। विभागले शुक्रबार मात्रै सूचना जारी गरी होटल क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) का अधिकारी तथा गृह मन्त्रालयबाट समेत तत्कालका लागि उक्त व्यवस्थालाई पुनःविचार गर्नुपर्ने देखिएको र थप छलफल गर्नुपर्ने कुरा आएकाले तत्कालका लागि उक्त व्यवस्था स्थगित गरिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले जानकारी दिनुभयो ।
होटल क्वारेन्टिन स्थगित
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij