Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

५० रुपैयाँ दिइ भुलाएर सात महिनाको बच्चा गायब

५० रुपैयाँ दिइ भुलाएर सात महिनाको बच्चा गायब

  • काठमाडौं । आफ्नौ दिदीलाई ५० रुपैयाँ दिइ भुलाएर सात महिनाको बच्चा अपहरण, गर्ने तीन आरोपित पक्राउ परेका छन् । 

    images
    images
    images

    जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका–८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका–७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका–४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् । 

    प्रहरीले खोज्ने क्रममा जनकपुर उपमहानगरपालिका–१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडी खेतमा मनिषा देवी मुखियालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । मुखियाको साथमा ती बालक समेत २ जना बच्चा फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij