Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

भव्य प्रदर्शनी “LAXPERIENCE २०२५”

लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी हुने

लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी हुने

  • काठमाडौं । लक्ष्मी ग्रुपले यही शनिबार र आइतबार बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE २०२५” आयोजना गर्ने भएको छ।

    images
    images
    images

    यस प्रदर्शनीलाई Hyundai, BMW, Kaiyi र Forthing जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक द्यःध् को सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ ।

    images

    आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ । यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ ।

    कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन् । साथै, नेल आर्ट, मेहेन्दी, निस्शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij