
Aug 21 2025 | २०८२, भदौ ५ गते
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पूर्व सदस्य प्रा. डा. विष्णु पाठकले 'जननेता मदन भण्डारीको हत्या ओलीले नै गरेको भनेर सार्वजनिक नै भईसकेको' भन्दै आफ्नो टिप्पणीमा उल्लेख गरेका छन् ।
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पूर्व सदस्य प्रा. डा. विष्णु पाठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । पाठकले शनिबार बिहानै सामाजिक सञ्जाल मार्फत एमसीसीको सन्दर्भ उठाउँदै जननेता मदन भण्डारीको हत्यासँग जोडेर पाठकले गम्भीर आरोप लगाएका छन ।
उनले 'जननेता मदन भण्डारीको हत्या ओलीले नै गरेको भनेर सार्वजनिक नै भैसकेको' भन्दै आफ्नो टिप्पणीमा उल्लेख गरेका छन् । अहिलेसम्म पनि भण्डारीको मृत्यु रहस्य भएको भन्दै विभिन्न समयमा छानबिनको कुराहरू उठिरहेको हुन्छ । तर प्राध्यापक समेत रहेका डा पाठकले ओलीको नाम जोडेर गम्भीर आरोप लगाएका छन् । प्रहरी अनुसन्धानबाट प्रमाणित हुन नसकेको संवेदनशील विषय त्यसै आरोप लगाउन मिल्छ र ? यो खोजीको विषय हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij