
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । राष्ट्रिय बाघ सर्वेक्षण–२०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्यको थालनी गरिएको छ ।
निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रलाई बाघ सर्वेक्षणका लागि दुई किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइ भएका २६० वडा ग्रीडहरूमा विभाजन गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले स्वचालित क्यामेराबाट सर्वेक्षण गर्न लागिएको बताए । तीन सातामा बाघ गणना सम्पन्न हुनेछ । बाघ सर्वेक्षणका लागि कुल ५२० थान क्यामेरा, ७० प्राविधिक र पाँच हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij