
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाण्डौं/ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसदमा महाअभियोग दार्ता भएको छ । बिहान ११ बजे महाअभियोग दर्ता भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । सो प्रस्ताबमा सांसदहरू पुष्पा भुषाल, देब गुरूङ्ग र जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । जबरा विरुद्धको महाअभियोग प्रस्तावमा ९८ जना सांसदहरुले हस्ताक्षर गरेको जनाइएको छ ।
पछिल्लो पटक न्यायलयबाट भएको तत्कालीन नेकपा फुटाएर साविकको एमाले र माओवादी नै कायम गर्ने निर्णय र संसद पुनःस्थापना गरी प्रधानमन्त्री नियुक्त गर्ने निर्णयका कारण प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवरा विवादमा आएका हुन् । यस अघि २०७४ साल बैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की बिरूद्ध महाअभियोगको प्रस्ताब दर्ता भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij