
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । भारतीय जेलमा विना सुनुवाइ ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिनाले आइतबार (आज) क्षतिपूर्ति पाउने भएका छन् ।
उनले नेपाली ८ लाख रुपैयाँ पाउने भएका हुन् । क्षतिपूर्ति रकम हस्तान्तरणका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल झापा आएका छन् ।
काँकडभिट्टाको मेची भन्सार कार्यालयमा अपराह्न तिम्सिनाको परिवारलाई रकम हस्तान्तरण गरिने तयारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
दार्जिलिङमा एक युवतीको हत्या आरोपमा पक्राउ परेका उनलाई आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij