Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । आगामी ३० वैशखामा हुने स्थानीय तहको निर्वाचमा नेपाली कांग्रेसले पोखरा महानगरको मेयर पनि नछाड्ने भएको छ । पोखराका कांग्रेसका नेताहरु अहिले केन्द्रीय नेताहरुलाई पोखरा नछाड्न दबाव दिन काठमाडौं आएका छन् । कांग्रेसले स्थानीय आवश्यकता अनुसार स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ । साथै कांग्रेसले महानगरको टिकट मिलाउने जिम्मा केन्द्रीय समितिलाई राख्ने निर्णय पनि गरेको छ ।
गठबन्धन घटक माओवादी र समाजवादी दुवैले पोखरा महानगरपालिकामा आ–आफ्नो दाबी गरेका गरेका छन्। समाजवादीको पहिलो रोजाइ नै पोखरा हो। समाजवादी र माओवादीले पोखरामा दाबी गरेपछि अहिले कांग्रेसका नेताहरु काठमाडौंमा आएर केन्द्रीय नेताहरुलाई पोखरा नछोड्न दबाब दिएका छन् ।
पोखरासँगै कांग्रेसले चितवनको भरतपुर महानगरपालिका र ललितपुरको ललितपुर महानगर पालिका समेत नछोड्न केन्द्रीय नेताहरुलाई दबाब दिएका छन् ।
भूगोलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका पर्यटनको राजधानी पनि मानिन्छ। अघिल्लो निर्वाचनमा १३ हजार ७ सय २ मतान्तरले एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए।
अहिले पोखरामा ३९ हजार मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुखमा ४६ हजार ४१६ मत ल्याएको थियो। यसपटक पोखरामा ३९ हजार ६४५ मतदाता थपिएका छन्। नयाँ मतदातामा १५ हजार मतदाता आफ्नो रहेको दाबी कांग्रेसको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij