
Aug 22 2025 | २०८२, भदौ ६ गते
काठमाडौँ। झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन्।
लिङ्देनले ६ हजार ८५६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले एक हजार १४९ मत पाएका छन्। यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली ५०७८ मतका साथ विजयी भइन् ।
एमालेकी शान्तादेवि गौतमले ४१०६ मत पाइन्। स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत पाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij