Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने 

जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने 

  • काठमाडों । परराष्ट्र मन्त्रालयले जेठ १० गतेलाई ‘नेपाल परराष्ट्र दिवस’को रुपमा मनाउने भएको छ । नेपाल वैदेशिक सेवा (गठन तथा श्रेणी विभाजन) नियमहरु, २०१८ को तर्जुमा भई नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको संस्मरणमा मन्त्रालयले सो दिन परराष्ट्र दिवस मनाउन लागेको हो । 

    images
    images
    images

    ‘परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित बहुउेश्यीय भवनमा हुने औपचारिक कार्यक्रममा २०१८ साल र सोभन्दा अगाडि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गरिनेछ,’ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij