
Aug 25 2025 | २०८२, भदौ ९ गते
काठमाडौँ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने चिनी उत्पादक संघले जनाएको छ । चिनी उद्योगी तथा व्यवसायीसँग पर्याप्त मात्रामा चिनी मौज्दात रहेको संघले जनाएकोे छ ।
चिनी उत्पादक संघको तथ्यांकअनुुसार नेपालमा वार्षिक दुई लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकामा आधा नेपालकै उत्पादनले पुग्दै आएको र नेपालमा १० चिनी उद्योगले चिनी उत्पादन गर्दै आएका छन् ।
स्वदेशी उद्योगले मात्रै वार्षिक एक लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने गरेकाले भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने संघले जनाएको छ । सङ्घको तथ्याङ्कानुसार चालु आर्थिक वर्षमा मात्रै नेपालका चिनी उद्योगले तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन् ।
बिहीबार चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक संघ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी संघका प्रतिनिधिसँग विभागमा छलफल गरिएकोे विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।
उनले चिनी उत्पादकले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताएको जानकारी दिए ।
छलफलमा चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवालले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर ढुवानीमा परेको जानकारी गर्राएको महानिर्देशक शर्माले बताए ।
पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर चिनी उत्पादनदेखि ढुवानीसम्म परेको भन्दै त्यसको कारण चिनीको मूल्य बढेको संघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij