Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

अविरल वर्षाका कारण विद्यालय ३ दिन लागी बन्द

अविरल वर्षाका कारण विद्यालय ३ दिन लागी बन्द

  • काठमाडौँ । लगातार वर्षा भएपछि विराटनगर र इटहरीका शैक्षिक संस्था ३ दिनका लागी बन्द गरिएका छन्। 

    onlinepatrika
    Arghakhachi

    विराटनगर महानगरपालिकाले मंगलबारदेखि र इटहरी उपमहानगरपालिकाले आज (बुधबार) देखि आआफ्ना क्षेत्रका विद्यालय बन्द गराएका हुन्। यसैबीच विराटनगरका १२ वटाभन्दा बढी विद्यालयमा पानी पसेको छ । 

    AGNI GROUP

    बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए। 

    आकस्मिक बैठक बसेर वर्षाले विस्थापितहरूलाई विद्यालयमा आश्रय दिने निर्णय गरिएको उनले बताए। 

    मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।


    यस्तै इटहरीका विद्यालय पनि आजदेखि १७ गते सम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाइएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij