Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

फिलिपिन्समा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फिलिपिन्समा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित शहरको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । शक्तिशाली भूकम्पसँगै समुद्रमा ठूलाछाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन् ।

    AGNI GROUP

    फिलिपिन्सका राष्ट्रपतिलेसम्बन्धित सरकारी निकायलाई तत्काल उद्धार तथा सुरक्षा तयारीमा जुट्न निर्देशन दिएका छन् । अहिलेसम्म ठूलो मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन । तर प्रशान्त क्षेत्रका विभिन्न देशहरूले समुद्री सतहमा असामान्य गतिविधि हुन सक्ने भन्दै निगरानी बढाएका छन् ।

    सरकारी अधिकारीहरूले आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij