Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रविलाई लिङदेनको सुझाव- सरकारले परिपक्व व्यवहार देखाओस्

रविलाई लिङदेनको सुझाव- सरकारले परिपक्व व्यवहार देखाओस्

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको प्रारम्भिक लक्षण ठिक नदेखिएको भन्दै परिपक्व व्यवहार देखाउन रास्वपालाई सुझाव दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सभापति रवि लामिछानेले राखेको सर्वदलीय बैठकबाट निस्किँदै लिङदेनले संसदमा प्रतिपक्षी गणितमा कमजोर छ भन्दैमा शक्ति पृथकीकरणको सन्तुलन र नियन्त्रणलाई भत्काउने काम गरिरहेको भन्दै देश जित्नेको मात्र नभई हार्नेको पनि भएको बताए ।

    AGNI GROUP

    आफूले वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार नदेखाउन सुझाएको लिङदेनको भनाइ छ ।

    उनले भने-यो सरकारले गर्ने गलत क्रियाकलापको सिकार सम्पूर्ण देश हुन्छ । परिपक्व व्यवहार गरियोस् । चाहे प्रधानमन्त्रीको सीमासम्बन्धी मन्तव्य होस् । चाहे रास्वपाका सभापति भारतमा गएर हामी विगतको भारी बोक्दैनौँ भनेको सवाल होस् । होसियारी अपनाइयोस् ।

    विगतको भारी बोक्दैनौँ भनेको विगतमा सबै नराम्रो भएका थिए भन्न खोजेको हो रु भन्दै लिङदेनले थपे- लिम्पियाधुरा कालापानी हाम्रो हो भनेर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामीले सर्वसम्मतले संसदबाट पारित गरेर संविधानको अनुसूचीमा राखेको विषय पनि बोक्दिनँ भन्न खोजेको अर्थ लाग्न सक्छ ।

    चुनावपछि पहिलो पटक सत्तारुढ दलको आव्हानमा दलहरूबीच भएको यो छलफल राम्रो सुरूवात भन्दै उनले यसको निरन्तरताको कामना गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij