Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको मुख्य आधार

कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको मुख्य आधार

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षालाई जोड दिनुपर्ने बताएकी छन् । उनले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूले संविधान र कानुनको बारेमा समाजमा जनचेतना अभिवृद्धि गर्न भूमिका खेल्नुपर्ने बताइन् ।

    onlinepatrika
    Arghakhachi

    उनले मुलुकमा मानव अधिकारको कार्यान्वयन, कानुन शासनको पालना र राज्यशक्तिलाई जनताको हितमा लगाउने संविधानको भावना कार्यान्वयनमा समेत कानुनी शिक्षाले भूमिका खेल्ने भएकाले कानुनी शिक्षालाई जोड दिनुपर्ने बताइन्।

    AGNI GROUP

    नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले  भनिन्, ‘कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको मुख्य आधार भएकाले सरकारले यसको दायरा बढाउन ध्यान दिनुपर्छ ।’

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij