Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रतिबन्ध गरिएका सामाग्री पुषदेखि आयात

प्रतिबन्ध गरिएका सामाग्री पुषदेखि आयात

  • काठमाडौँ । सरकारले गाडी, मोबाइल, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको छ। आगामी पुसदेखि ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो विषयमा निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    विदेशी मुद्रा सञ्चिति घट्नुका साथै भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो।

    AGNI GROUP

    भदौ १५ गते राजपत्रमा अर्को सूचना निकाल्दै सरकारले १० मध्ये ६ वस्तुमा लगाएको प्रतिबन्ध खुला गरी चार वस्तुको प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याएको थियो। फेरि अर्को सूचना जारी गरेर सरकारले मंसिर मसान्तसम्मको लागि प्रतिबन्ध  लम्ब्याएको थियो। 

    अब पुषदेखि व्यवसायीले सबै प्रकारका तयारी मदिरा, स्मार्टफोन, जिप, कार र भ्यान तथा मोटरसाइकल आयात गर्न पाउने भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij