Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो ।
सो खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् । क्याम्पस इकाइमा आबद्ध विद्यार्थीहरूले क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अर्को समूहको बीचमा झडप भएको बताएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतका अनुसार खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij