Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीले सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी- गाउँपालिका-६ बस्ने ४२ वर्षीय बद्री बोहोरालाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पेप्सीकोटाबाट बुधबार पक्राउ गरेको हो । पाटन उच्च अदालतले उनलाई मिति २०७९ मंसिर १८ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख ६० हजार जरिवानाको फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij