Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ज्योतिष पनि अखेटोपहरा कारोबारमा संलग्न

ज्योतिष पनि अखेटोपहरा कारोबारमा संलग्न

  • ललितपुर । ज्योतिष रुद्रनाथ अधिकारी वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई डिभिजन वन कार्यालय काठमाडौं पेस गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । 

    AGNI GROUP

    डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत २७ कात्तिकमै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी फरार थिए । 

    प्रहरीले गत कात्तिक २१ मा ठमेलस्थित पद्मा संग्रौलाले सञ्चालन गरेको होटेल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहरा बरामद गरेको थियो । घटनमा संलग्न भएको अभियोगमा प्रहरीले संग्रौलालाई त्यही दिन पक्राउ गरेको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।  

    पक्राउ पुर्जी जारी भएलगत्तै वनले पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०लगायतका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । 

    रुद्रनाथ चर्चित ज्योतिष हुन् । उनले विभिन्न टेलिभिजन तथा युट्युबमार्फत सर्वसाधारणको कर्म र भाग्य सम्बन्धमा भाविष्यवाणी गर्दै आएका छन् ।

    May be an image of 1 person and text that says 'Press Release Kathmandu Valley Crime Invistigation Office,MinBhawan. "आखेटोपहारको ओसार पसार मद्दाका फरार प्रतिवादी पक्राउ" दुर्लभ वन्यजन्तुको छाला (आखेटोपहार) को अवैध ओसार पसार मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०७९।०७।२७ जारी भएका जिल्ला काठमाण्डौ वन्द्रागिरी नगरपालिका वडा ०९ मच्छेगाऊँ बस्ने वर्ष रुद्रनाथ अधिकारीलाई यस कार्यालयको विशेष अनुसन्धान टोलीले मिति २०७९।०९११७ काठमाण्डौ जिल्ला मच्छेगाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि आजै डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डी पठाईएको। .नाम रुद्रनाथ अधिकारी पक्राउ प्रतिवादी: उमेर ठेगाना चन्द्रागिरी-०९ काठमाण्डी मिति २०७९।०९।१७ प्रवक्ता/सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईराला सम्पर्क ९८५१२८००१३'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij