
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौँ । काठमाडौंको शंकरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि छानबिन सुरू भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू गरिएको जानकारी दिएका छन् ।
शंकरापुर नगरपालिका-३ लप्सीफेदी बोझेनीमा पुस २० गते गत स्थानीयले विरोध प्रदर्शन गरेका थिए । नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका थिए ।
त्यसक्रममा थप मद्दतको लागि इन्सपेक्टर बुढाथोकीको कमान्डमा बौद्धबाट टोली खटिएको थियो । उनले भीड नियन्त्रण गर्न स्थानीयमाथि पेस्तोल ताकेर हान्दिने धम्की समेत दिएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij